शनिबार, वैशाख ८, २०८१

कोरोनाको नयाँ भेरियन्ट

अफ्रिकासहितका नौ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

मेरोन्यूज २०७८ मंसिर १७ गते १८:२६

काठमाडौं । ओमिक्रोन नामक कोभिड १९ को नयाँ भेरियन्टको त्रास बढ्दै गएपछि सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमणको जोखिम उच्च रहेको भन्दै मन्त्रिपरिषद्को बैठकले ती मुलुकहरुबाट नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने सरकारले निर्णय गरेको छ ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई विहीबारराती १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोभिड–१९ नयाँ भेरियन्ट सङ्क्रमण भएका मुलुकमा सरकारको स्वीकृतिमा मात्र सरकारी कर्मचारी वा प्रतिनिधिमण्डललाई विदेश भ्रमणमा जान छुट दिइनेछ ।

केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियाली मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको छ । नयाँ भेरियन्ट दक्षिणी छिमेकी मुलुक भारतमा समेत भेटिसकेको भन्दै भारत सरकारले विद्यालयहरु बन्द गरिसकेको छ ।

प्रतिक्रिया