बिहीबार, वैशाख ६, २०८१

एलजी प्यूरीकेयर नेपाली बजारमा

मेरोन्यूज २०७८ मंसिर १७ गते १७:४१

काठमाडौं । सीजी इलक्ट्रोनिक्सले एलजी प्युरीकेयर ३६० डिग्री एयर प्यूरीफायर नेपाली बजारमा ल्याएकाे छ ।

३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ । प्युरीफेयरले शक्तिशाली फिल्टरेशन गर्ने तथा हावामा हानिकारण पदार्थहरु कम गर्ने जनाइएको छ ।

एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजि (नासा) द्वारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अध्याधुनिक एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजीको मद्धतले हावाको ऐयर फ्लो उच्चतम गराई एयेर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ ।

मल्टि फिल्टे«सन सिस्टम ६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित यस फिल्टरले तपाईको घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धुलो लगायत प्रदुषणलाई शत प्रतिशत हटाउने दाबी कम्पनीको छ ।

दश वर्षको वारेण्टी पनि रहेको यस एयर प्युरिफायर एल.जी.को आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि.ले विक्री गर्दै आएको छ ।

प्रतिक्रिया