शनिबार, वैशाख १५, २०८१

करिष्माले २.४१ जीपीए ल्याएर १२ कक्षा पास गरिन्

मेरोन्यूज २०७८ मंसिर १७ गते १६:०९

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छन् ।

ललितपुर गोदावरी नगरपालिका टौखेलस्थित किटिनी कलेजमा मानविकी संकाय पढिरहेकी मानन्धरले २.४१ जीपीए ल्याएर उत्तीर्ण गरेकी हुन् ।

लामो समय चलचित्र क्षेत्रमा काम गरेकी करिष्मा पछिल्लो समय राजनीति क्षेत्रमा प्रवेश गरेपछि आफ्नो रोकिएको विद्यालय तहको शिक्षा अगाडि बढाएकी छन् । करिष्मा डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य भएकी थिइन् ।

लामो समयको अन्तरालपछि विद्यालय शिक्षा अगाडि बढाएकी करिष्माले स्नातक तहको अध्ययनलाई पनि अगाडि बढाउने बताएकी छन् । करिष्माकी एक मात्र छोरी उच्च शिक्षा अध्ययन गर्न देश बाहिर छिन् ।

प्रतिक्रिया