शनिबार, वैशाख १५, २०८१

‘ए’ डिभिजन लिगः फ्रेण्डससँग बराबरीमा रोकियो थ्री स्टार

मेरोन्यूज २०७८ मंसिर १७ गते १५:३३

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटवलको उपाधि दावेदार मानिएको थ्री स्टार क्लब फ्रेण्डस् क्लवसँग बराबरीमा रोकिएको छ ।

शुक्रबार दशरथ रंगशालामा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा ललितपुरको थ्री स्टार क्लव ललितपुरकै क्लव फ्रेन्ड्ससँग १–१ गोलको बराबरीमा रोकिएका हो ।

ए डिभिजन लिगको तेस्रो चरणको पहिलो खेलमा थ्रीस्टारलाई फ्रेण्ड्सले बराबरीमा रोकेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ मिनेटमा फ्रेण्ड्सले अग्रता लिएको थियो । फ्रेण्ड्सका लागि जुडे गार्सियाले ७२ औं मिनेटमा गोल गरेका थिए । थ्रीस्टारका लागि मिक्छेन तामाङले ‘डी’बक्सबाट गोल गरेका थिए ।

उपाधि दाबेदार मानिएको थ्रीस्टार फ्रेण्डससँग बराबरीमा रोकिएपछि तीन खेलबाट चार अंक जोडेको छ ।

पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले हराएको थ्रीस्टार अघिल्लो खेलमा सातदोबाटो युथ क्लबसँग १–० गोलले पराजित भएको थियो भने लिगमा फ्रेण्ड्सले कुनै जीत निकाल्न सकेको छैन ।

प्रतिक्रिया