शनिबार, वैशाख ८, २०८१

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री बलायर र मिश्रबीच प्रतिष्पर्धा

मेरोन्यूज २०७८ मंसिर १७ गते १५:१७

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिने भएका छन् । उनले संस्थापन पक्षबाट उम्मेदवारी दिने भएका हुन् ।

संस्थापन पक्ष र इतर पक्षबीच सहमतिमा सभापति सभापतिसहित पदाधिकारी चयन गर्ने प्रयास असफल भएपछि संस्थापन समूहबाट बलायरले उम्मेदवारी दिने भएका हुन् ।

सुदूरपश्चिममा संस्थापन इतर समूह कमजोर मानिएको छ । इतर समूहले पदाधिकारीमा धेरै पद दाबी गरेपछि निर्वाचनमै जाने निश्कर्षमा संस्थापन समूह पुगेको हो ।

संस्थापन इतर समूहबाट सुदूरपश्चिम प्रदेश सभापतिमा नारायण मिश्रले उम्मेदवारी दिँदैछन् । प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता शुक्रबार नै हुँदैछ । शुक्रबार मनोनयन दर्ता भएपछि शनिवारका लागि मतदानको समय तोकिएको छ ।

विहीबार सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गरिएको थियो ।

प्रदेशमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, एक महिलासहित ३ सहमहामन्त्री तथा ५१ प्रदेश सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया