बिहीबार, चैत १५, २०८०

सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी

मेरोन्यूज २०७८ मंसिर १७ गते १२:५२

काठमाडौँ । सर्वोच्च अदालतमा शुक्रबार बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ । तर, सुनुवाई सुरु हुन सकेको छैन ।

सुनुवाईका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाई प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाई हुन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोभिड–१९ को संक्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकामा आज घर फर्किएका छन् ।

Advertisement

प्रतिक्रिया