सोमबार, जेठ ७, २०८१

कांग्रेस महाधिवेशन

साढे आठ हजार प्रतिनिधि आए चुनावी प्रतिस्पर्धाबाट

कुन समुदायबाट कति आए प्रतिनिधि ?

सञ्जिता खनाल २०७८ मंसिर १६ गते १६:३३

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवशेनअन्तर्गत विभिन्न समुहबाट अहिलेसम्म करिब एक लाख ५० हजार पदको निर्वाचन भएको छ ।

Advertisement

वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म करिब एक लाख ५० हजार पदको निर्वाचन प्रक्रिया पूरा भएको केन्द्रीय प्रचार विभागको जनाएको छ । कांग्रेसले देशैभरी अधिकांस वडा र पालिकाको नेतृत्वमा सर्वसम्मत नेतृत्व गरेको देखिन्छ । कतिपय प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पनि प्रतिनिधिहरु सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

विभागका प्रमुख एवम् पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म देशभर एक लाख ५० हजार जना विभिन्न पदमा नयाँ नेतृत्व चयन भएको जानकारी दिए । एक लाख ५० हजारमा पनि ९४ प्रतिशत सर्वसम्मत नेतृतव चयन भएका समेत उनले बताए ।

यो संख्या अझ बढ्ने उनको भनाई छ । उनले भने,‘मात्र ६ प्रतिशत पदमा मात्रै चुनावी प्रतिस्पर्धा भएको छ भने बाँकीमा सर्वसम्मत नै नेतृत्व चयन भएको छ ।’

अहिलेसम्म ८ हजार ४७४ जना मात्र चुनावी प्रतिस्प्रर्धाबाट आएका देखिन्छन् । कांग्रेसको ६१ जिल्लामा मात्र जिल्ला अधिवेशन सकिएको छ । अझै १६ जिल्लामा कतै नगरदेखि नै अधिवेशन बाँकी छ ।

प्रचार समितिका प्रविधि संयोजक दिपेश विष्टले १ लाख ४१ हजार ४२ पदमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए । उनका अनुसार नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८३२ जना खसआर्य थारु समुदायका ५ हजार ८ सय २७, अपांगता भएका १ हजार ८ सय ८४ र आदिवासी जनजाति समुदायका ४१ हजार ६ सय ४१ जना रहेका छन् । महिला ४३ हजार तीन सय ५७ जना निर्वाचित भएका छन् । कांग्रेसले वडादेखि नै समावेशी अनिवार्य गर्दा यति धेरै संख्यामा विभिन्न समुदायबाट प्रतिनिधि आएका हुन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया