शुक्रबार, वैशाख १४, २०८१

ओमिक्रोनबारे अफ्रिकी वैज्ञानिकको नयाँ चेतावनी

मेरोन्यूज २०७८ मंसिर १६ गते १५:१९

एजेन्सी । कोरोनो भाइरस (कोभिड-१९) को नयाँ रुपमा देखिएको ओमिक्रोनबारे दक्षिण अफ्रिकी वैज्ञानिकहरूले नयाँ चेतावानी दिएका छन् । उनीहरुले ओमिक्रोन डेल्टाभन्दा बढी संक्रामक भएको उल्लेख गरेका हुन् । ओमिक्रोनलाई दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरूले पहिचान गरेका थिए ।

अनुसन्धानकर्ता वैज्ञानिकहरूले ओमिक्रोनको बारेमा नयाँ चेतावनी जारी गरेका हुन् । ओमिक्रोनबारे पहिचान गरेर ( WHO) लाई रिपोर्ट गरेका थिए । अनुसन्धानकर्ताका अनुसार ओमिक्रोनले प्रायः युवाहरूलाई शिकार गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ । ओमिक्रोनको वास्तविक प्रभावबारे अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

ओमिक्रोन भाइरसबाट संक्रमित भएका मानिसहरु केही दिनपछि बिरामी हुने गर्दछ । नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेज ( NICD) का अनुसार दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणको सङ्ख्या अहिले दोब्बर भएको छ । ओमिक्रोन स्ट्रेन यहाँ पूर्ण रूपमा फैलिएको छ । एनआईसीडी प्रमुख मिशेल ग्रुमले भनिन्, ‘पछिल्लो संक्रमण अधिकांश युवामा हुने गरेको छ तर वृद्धवृद्धातर्फ पनि सर्दै गएको देखिरहेका छौं ।’ अनुसन्धानकर्ताका अनुसार ओमिक्रोनको गम्भीर समस्या केही हप्ता पछि मात्र देखिने छ । बिबिसी

प्रतिक्रिया