सोमबार, जेठ ७, २०८१

नेपालमा कोरोनाविरुद्ध करिब दुई लाख डोज मोर्डना खोप आउँदै

मेरोन्यूज २०७८ मंसिर १६ गते १३:४३
http://www.dreamstime.com/royalty-free-stock-photography-moderna-st-dosis-nd-covid-vaccine-vial-bottle-injection-calgary-alberta-canada-nov-syringe-white-table-image203247337

काठमाडौँ । नेपालमा सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याउने भएको छ । कोभ्याक्स सुविधा अन्तरगर्त (भोलि) शुक्रबार कोभिडविरुद्धको मोर्डना खोप ल्याउने भएको हो ।

Advertisement

स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले भने, ‘कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइने भएको छ ।’ अन्तर्राष्ट्रिय अभ्यासानुसार यो खोप १२ देखि १८ वर्षका किशोरकिशोरीलाई प्रभावकारी देखिएको छ । नेपालमा कुन उमेर समूहकालाई दिने भनेर अहिलेसम्म निर्णय भइनसकेको समेत उनले जानकारी दिए ।

यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ । अमेरिकी अर्को खोप फाइजर आउँदा सो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।

प्रतिक्रिया