सोमबार, जेठ ७, २०८१

थप ३१६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १५ गते १७:०२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभर १२ हजार ७२७ नमुना परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टी भएका थप तीन जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३५९ जना भने संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमित संख्या ६ हजार ९५४ रहेको मन्त्रालयको पछिल्लो अध्यवधिक विवरणमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया