शनिबार, वैशाख ८, २०८१

विक्की र कट्रिनाको बिहेमा क–कसलाई निम्तो ?

मेरोन्यूज २०७८ मंसिर १५ गते १६:३७

काठमाडौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेको चर्चा चलेको धेरै भइसक्यो । यी दुई चर्चित जोडीको बिहे यही डिसेम्बरमा हुने खबरले भारतीय मिडियामा विशेष प्राथमिकता पाइरहेको छ ।

दुवै पक्षबाट हालसम्म बिहेबारे कुनै सार्वजनिक घोषणा नआए पनि विभिन्न स्रोतको हवाला दिएर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै विक्की र कट्रिनाले आफ्नो बिहेमा थोरै पाहुनालाई मात्र बोलाउने तयारी गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

बिहेको कार्यक्रम भारतको राजस्थानस्थित रोयल प्यालेस ‘सिक्स सेन्सेस फोर्ट बर्बारा’ मा निकै तामझामका साथ गर्ने भएका छन् ।
उनीहरुले आफ्ना नजिकका साथीहरुलाई बिहेको निमन्त्रणा दिइसकेका छन् ।

आफ्नो विशेष दिनमा यो जोडीले सलमान खान, आलिया भट्ट, करण जोहर र बोस्को मार्टिस लगायत चर्चित कलाकारलाई बोलाइसकेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यामरुले जनाएका छन् ।

प्रतिक्रिया