शुक्रबार, चैत १६, २०८०

सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित

मेरोन्यूज २०७८ मंसिर १५ गते १३:३९

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै इजलामा मुद्दाको सुनुवाइ प्रभावित भएको हो । बुधबार कानुन व्यवसायीले प्रधानन्यायाधशिको विषयमा आवज उठाएपछि सर्वोच्चमा सुनुवाइ प्रभावित भएको हो ।

प्रधानन्यायाधीश चोलन्दे शम्सेर जबरालाई कारोनो संक्रमण भएको छ । कानुन व्यवसायीहरुले कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने भन्दै आज प्रधानन्यायाधीश को हो भन्ने प्रश्न उठाएका छन् । उनीहरुले प्रश्न उठाएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको हो । नेपालमा आजदेखि सर्वोच्च अदालतमा गोला प्रथा लागू भएको छ ।

प्रतिक्रिया