शुक्रबार, वैशाख ७, २०८१

पब्लिक स्पिकर रमेश प्रसाईँलाई पुत्री लाभ

मेरोन्यूज २०७८ मंसिर १४ गते २०:५०

काठमाडौं । पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंहलाई पुत्री लाभ भएको छ ।

मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा बुढानिलकण्ठस्थिल करुणा अस्पतालमा नन्दाले छोरी जन्माएकी हुन् । नन्दाले छोरी जन्माएको खबर पाएपछि दीपाश्री निरौला लगायतका कलाकारहरु बधाइ दिन अस्पताल नै पुगेका थिए ।

सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय प्रसाईँको गत वर्ष नन्दासँग विवाह भएको थियो ।

देशको समसामयिक राजनीति तथा टिप्पणी गर्न खप्पिस प्रसाईँले कृष्ण कण्डेलको इन्द्रेणी टिमकी कल्पना दाहालसँग काठेभाकाको दोहोरी गाएपछि प्रसाईँको चर्चा अझै चुलिएको थियो ।

प्रसाईँ पछिल्लो समय ग्यालेक्सी टेलिभिजनमा कार्यरत छन् ।

प्रतिक्रिया