मंगलबार, चैत ६, २०८०

अछाममा बस दुर्घटना, २ जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १४ गते १६:४३

कैलाली । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जानकारी पाएको प्रहरीले जनाएको छ ।

बसमा कति जना सवार थिए भन्ने यकिन छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया