बिहीबार, वैशाख १३, २०८१

एमाले सचिवमा ओली प्यानल विजयी

मेरोन्यूज २०७८ मंसिर १४ गते १६:३३

काठमाडौँ । नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानल विजयी भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानलका उम्मेदवार विजयी भएका हुन् ।

आली प्यानलका योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पदमा अर्याल र टोपबहादुर रायमाझी निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् ।

सचिवमा भट्टराईले १९६४ मत ल्याएका छन् । यस्तै अर्याल १८००, विष्ट १९७६, विश्वकर्मा १८००, महासेठ १५१३, भट्ट १७०४ र रायामाझी १७०० ले मत ल्याएका छन् । पराजित भएका कार्कीले ५०० र आचार्य १३०० मत पाए ।

प्रतिक्रिया