मंगलबार, चैत ६, २०८०

एमाले उपाध्यक्षमा शाक्य सबैभन्दा बढी मतले विजयी, भुसाल पराजित

मेरोन्यूज २०७८ मंसिर १४ गते १६:२१

काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षको मतगणना सकिएको छ । मंगलबार एमाले १० औं राष्ट्रिय महाधिवेशनमा भएको मतदानको उपाध्यक्षको मतगणना सकिएको हो । एमाले केन्द्रीय निर्वाचन समितिका अनुसार उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले ७३५ मतका पाए । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् । निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ । उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेश गरेका नामहरू हुन् ।

प्रतिक्रिया