मंगलबार, चैत ६, २०८०

डडेलधुरामा पुनः अधिवेशनको माग गर्दै सानेपामा बसेका नेता कार्यकर्ताको अनशन स्थगित

मेरोन्यूज २०७८ मंसिर १४ गते १६:१७

काठमाडौं । डडेलधुरामा पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका जिल्ला सभापति कर्ण मल्लसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले रिले अनशन तोडेका हुन् ।

आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स्थगित गरेको डडेल्धुरा जिल्लाका पुर्वसभापति कर्ण मल्लले जानकारी दिए ।

जिल्लाबाट पठाएका क्रियाशील सदस्यको नाम हटाएर र केन्द्रबाट आफुखुशी नाम थपेर वडा अधिवेशन गर्न लागिएको भन्दै कांग्रेसको जिल्ला समितिले भदौ २२ गतेको वडा अधिवेशन स्थगित गरेको थियो ।

तर जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले अधिवेशन अघि बढाएका थिए । हाल डडेल्धुरामा स्थानीय तहको र जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको छ ।


सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको जिल्ला अधिवेशनलाई मान्यता दिने निर्णय गरेको थियो ।

Advertisement

उपसभापति विमलेन्द्र निधिले डडेल्धुराको नेता कार्यकर्ताको मागप्रति आफ्नो ऐक्यवद्धता रहेको बताए ।

यसअघि पनि आफूले डडेल्धुरामा पुनः अधिवेशन गर्न पटक पटक सभापति शेरबहादुर देउवासँग आग्रह गरेको निधिले बताए ।

प्रतिक्रिया