शनिबार, वैशाख ८, २०८१

एमाले उपाध्यक्षको मतगणना जारी, शाक्यको अग्रता

मेरोन्यूज २०७८ मंसिर १४ गते १६:११

काठमाडौँ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचनको मतगणना जारी छ । पदाधिकारीमा भएको मतदानमा अध्यक्षको मतगणना सकिएको हो ।

अध्यक्षमा केपी शर्मा ओली विजय भएका छन् । यस्तै उपाध्यक्षको मतगणना जारी रहेको छ । उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याएकी छन् । उनले १९७६ मत पाएकी छन् ।

यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत पाए । मत परिणाम गन्ने काम लगभग सकिएको एमाले केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै सचिवको पनि मतगणना जारी रहेको छ ।

प्रतिक्रिया