बिहीबार, चैत १५, २०८०

कांग्रेस केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट ३ जनाको उम्मेदवारी घोषणा

मेरोन्यूज २०७८ मंसिर १४ गते १५:२७

कैलाली । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमा बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ का भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै सोही पत्रकार सम्मेलनमा कास्कीका गुरु बरालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै देउवाले कांग्रेसलाई सु–संस्कत बनाएर लैजानको लागि कम्युनिष्टरहित नेपाल बनाएर कांग्रेसलाई पहिलो बनाउनका लागि आफनो उम्मेदवारी रहेको बताए । यस्तै ऐडीले पनि सुदृढ र व्यवस्थित काँग्रेस बनाउनु आफ्नो भूमिका हुने बताए । यस्तै बरालले केन्द्रमा युवाहरुको प्रतिनिधित्व होस भनेर आफूले उम्मेदवारी दिएको बताए ।

अर्का आकांक्षी शाहीले पार्टीमा आफूले लामो समय योगदान गरेको र केन्द्रीय समितिमा बसेर काम गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताए ।

Advertisement

प्रतिक्रिया