शनिबार, वैशाख १५, २०८१

एमाले महाधिवेशन : ठूलो मतान्तरले ओलीको अग्रता

मेरोन्यूज २०७८ मंसिर १४ गते १५:१०

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनमा भएको नेतृत्वका लागि निर्वाचनको मत गणना जारी रहेको छ । जारी मत गणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।

एमाले केन्द्रीय निर्वाचन समितिका अनुसार ओलीले १९०० ल्याएका छन् भने अर्को अध्यक्षका उम्मेदवार भीम रावलले १९६ मत ल्याएका छन् । चितवनमा मंगलबार विद्युतीय माध्यमबाट मतदान भएको थियो । एमालेको महाधिवेशनमा २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको छ ।

प्रतिक्रिया