बिहीबार, वैशाख १३, २०८१

चिकित्सा शिक्षा आयोगले १५ कलेजमा पिसिएल नर्सिङको भर्ना रोक्यो

मेरोन्यूज २०७८ मंसिर १४ गते १४:५८

काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) १५ वटा कलेजमा पिसिएल नर्सिङ भर्ना रोक्ने निर्णय गरेको छ । हालै आयोगले एक सुचना जारी गदै भर्ना खुलाएका ४५ कलेजमध्ये १५ वटा कलेजमा पिसिएल नर्सिंङ् भर्ना रोक्ने निर्णय गरेको हो ।

आयोगले यी कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुनै पनि निर्णय नभएको तर सिटिइभिटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय आयोगको ऐन र आयोगको निर्णय विपरित भएको भन्दै विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्द गर्न समेत सिटिइभिटीलाई सुचनामा उल्लेख छ ।

प्रतिक्रिया