शनिबार, वैशाख ८, २०८१

एमाले महाधिवेशन : प्रारम्भीक मतमा ओलीको अग्रता

मेरोन्यूज २०७८ मंसिर १४ गते १४:०९

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा भएको नेतृत्व चयनका लागि निर्वाचनको मत गण्ना सुरु भएको छ । मंगलबार सम्मपन्न निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको हो ।

एमाले केन्द्रीय निर्वाचन समितिका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ४०० मत ल्याएका छन् भने अर्को उम्मेदवार भीम रावलले ४२ मत ल्याएका छन् ।

चितवनको होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी निर्वाचित हुनेछन् ।

प्रतिक्रिया