बिहीबार, वैशाख १३, २०८१

सन् २०२१ : अफगानिस्तानमा तालिवानी शासनपछि देखिएको संकट (फोटोफिचर)

मेरोन्यूज २०७८ मंसिर १४ गते १३:५७

काठमाडौँ । अंग्रेजी वर्ष सन् २०२१ सकिन अब एक महिना बाँकी छ । गत वर्षजस्तै यो वर्ष विश्वभर कोरोना भाइरस (कोभिड-१९) महामारी उत्तिकै देखा पर्‍यो ।

करोडौँ मानिस कोरोनाबाट ग्रसित बने । लाखौँ मानिसले अकालमा नै ज्यान गुमाए । यसबीच शक्तिशाली देशहरूले कोरोनाविरुद्ध भ्याक्सिनको आविष्कार गरी विश्वभर पुर्‍याउने काम गर्दै आएको छ ।

यस वर्ष विश्वमा साना ठूला प्राकृतिक प्रकोपका घटना हुन पुग्यो । सयौँ मानिसले प्राकृतिक प्रकोपबाट ज्यान गुमाए । ठूलो मात्रामा धनराशीको नोक्सान हुन पुग्यो ।

नेपालमा समेत यस वर्ष प्राकृतिक प्रकोपबाट ठूलो धनराशी नोक्नान भयो । सयौँ मानिसले अकालमा ज्यान गुमाए । दर्जनौँ बेपत्ता भए । बाढीका कारण करिब तीन दशक लामो समय लगाएर सम्पन्न भएको मेलम्ची खानेपानी आयोनामा ठूलो क्षति पुग्यो । मेलम्चीको सुन्दर बजार बगरमा परिणत बन्यो । गत महिनाको बेमौसमी वर्षाका कारण चार अर्बभन्दा बढीको धानबाली नष्ट हुन पुग्यो । दर्जनौँ मानिसले ज्यान गुमाए ।

यस वर्ष विश्वमा केही साना ठूला युद्ध भए । नेपालको छिमेकी देश चीन र भारत एकआपसमा युद्ध हुँदा दुवै पक्षका दर्जनौँ सेनाले ज्यान गुमाए । दुई देशको सीमा गलवानमा भएको युद्धमा परी २० जना भारतीय सेनाले ज्यान गुमाए । चीनतर्फको कुनै विवरण आउन सकेन ।

यस्तै, इजरायल र प्यालेस्टाइनबीच केही दिन घमसान युद्ध भयो । युद्धमा दुवै पक्षले रकेट प्रहार गरी ठूलो मात्रामा भौतिक क्षति पुर्‍याए । हजारौँ मानिस घरबारविहीन बन्न पुग्यो ।

यता, अफगानिस्तानको विद्रोही समूह तालिवानसँग दुई दशक लामो युद्ध लडेको अमेरिका विना सर्त फर्किएको छ । अफगानिस्तानका विद्रोही समूह तालिवानसँग २० वर्ष लामो युद्ध लडेको अमेरिकी सैनिक राष्ट्रपति जो बाइडेनले तालिवानसँग युद्ध अन्त्य गर्ने सम्झौता गरेसँगै स्वदेश फिर्ता भएका छन् ।

तालिवानले अगष्ट ३१, २०२१ सम्म सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने गरी सम्झौता गरेसँगै अमेरिकी सेना फिर्ता भएको हो । अमेरिकाले तालिवानले दिएको समय सीमाभन्दा एक दिनअगावै सबै सेना फिर्ता लैजान सफल भएको थियो । अमेरिकी सेना फिर्ता हुने भएसँगै अफगानिस्तानको तत्कालीन राष्ट्रपति असरफ घानीसहित शीर्ष नेताहरूले देश छाडेर भागेका थिए ।

अफगानिस्तानमा ठूलो मात्रामा मानवीय संटक उत्पन्न हुन पुग्यो । यसैबीच करिब ६ लाख अफगानी नागरिकलाई अमेरिकाले आफ्नो देश लिएर गरएको थियो । अफगानमा बस्दै आएका सबै देशहरूले आफ्नो कुटनीतिक नियोगका कार्यालयहरू अन्तै लिएर गएको थियो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै करिब साढे दुई दशकपछि तालिवानले पुनः सत्ता कब्जा गर्न पुगे । आफूले सत्ता कब्जा गरेसँगै देशमा शरिया कानून लागु गर्ने घोषणापछि महिलाहरूले विरोध जनाए । उनीहरू आन्दोलनमा उत्रिए । यसैबीच उनीहरूले केही खुकुलो नियम बनाए पनि महिलाहरूलाई बन्धक राख्ने काम भने जारी छ ।

तालिवानले महिला र पुरुषलाई पढ्न फरक शैलीको नियम लागु गरेको छ । महिलाहरूले पूरै घुम्टो लगाउनु पर्ने छ भने एउटै कक्षामा भए पनि महिला र पुरुषको बीचमा पर्दा लगाउनु पर्ने बताउँदै आएको छ । तालिवान सत्तामा आएसँगै अफगानी नागरिक पूर्ण रुपमा कैदीबन्दी जस्तो जीवन बिताउन बाध्य भएका छन् । फोटो – एपिएफ

प्रतिक्रिया