शुक्रबार, वैशाख ७, २०८१

राप्रपा अध्यक्षमा उम्मेदवार घोषणा गर्दै लिङ्देनले भने- कसैले अपमानित महसुस गर्नु पर्दैन

मेरोन्यूज २०७८ मंसिर १४ गते १३:४९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् । उनले मंगलबार काठमाडौँमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताए । उनले आफू अध्यक्ष भएमा देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने बताए । लिङ्देनलाई राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन् । उनले राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरका मान्छे पनि पार्टीमा ल्याउनुपर्ने बताए ।

राप्रपाको नेतृत्व परिवर्तन नभए अन्य दलको दलाली गरेर दुई-चारवटा मन्त्री पद पाउने पार्टीमात्रै हुने उनले बताए । उनले राप्रपालाई अग्रजहरुकै सल्लाहमा, उपस्थितिमा एक नम्बर पार्टी बनाउने आफ्नो अभियान रहेको बताए ।

प्रतिक्रिया