मंगलबार, वैशाख ११, २०८१

हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गर्दै टेलिकम

मेरोन्यूज २०७८ मंसिर १४ गते १३:२४

काठमाडौँ । नेपाल टेलिकमले विकट र दूर्गम वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध गराइरहेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले दूर्गम र विकट स्थानमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन दशकौं अगाडिदेखि परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ । हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र विकट ८ स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।

प्रवक्ता जोशीका अनुसार सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

प्रतिक्रिया