शुक्रबार, वैशाख १४, २०८१

एमाले नेतृत्व चयनमा खस्यो २११४ मत

मेरोन्यूज २०७८ मंसिर १४ गते ११:३१

काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा दुई हजार ११४ मत खसेको छ । महाधिवेशनमा कूल दुई हजार ५३ मतदाता रहेका थिए ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ११४ मत खसेको निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयन गर्न मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मतदान भएको छ । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया