बुधबार, वैशाख १२, २०८१

कास्कीका बस दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १४ गते १०:२०

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस बिहान अन्नपूर्ण गाउँपालिका ३ पाउदुरमा दुर्घटनामा भएको हो ।

प्रतिक्रिया