बिहीबार, वैशाख १३, २०८१

मुख्यमन्त्री शाही आज विश्वासको मत लिने

मेरोन्यूज २०७८ मंसिर १४ गते १०:०४

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज दिउसो १ बजे बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थानुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित रहने भएको छ । एमालेको मंसिर १० गतेदेखि चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया