बिहीबार, चैत १५, २०८०

मेस्सीले जिते बालोन डि ओरको उपाधि

मेरोन्यूज २०७८ मंसिर १४ गते ६:२८

काठमाडौँ । फुटबलको प्रतिष्ठित उपाधि बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले पाएका छन् । उनले यो अवार्ड कीर्तिमानी राख्दै सातौँपटक पाएका हुन् ।

उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पार्दै उक्त उपाधि पाएका हुन् । यो सिजन उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका थिए ।

३४ वर्षीय मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । उनले यो वर्ष कूल ४० गोल गरेका थिए ।

उनले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ मा यो उपाधि पाएका हुन् । पेरिसमा आयोजित अवार्ड समारोहमा मेस्सीले भने, ‘दुई वर्षपहिले नै यो अन्तिम होला जस्तो लागेको थियो ।’

Advertisement

प्रतिक्रिया