मंगलबार, चैत ६, २०८०

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १४ गते ६:१८

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा जिप दुर्घटना भएको छ । घटनामा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

बेनीबाट सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर दुर्घटना भएको हो । मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् ।

मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका १ बेगकी निर्वाचित वडा हुन् ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुको कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

प्रतिक्रिया