बिहीबार, वैशाख १३, २०८१

१० सचिवको एकैपटक सरुवा (को कहाँ सूचीसहित)

मेरोन्यूज २०७८ मंसिर १३ गते १९:४१

काठमाडौं । सरकारले १० जना सचिव सरुवा गरेको छ । आज दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले १० जना सचिवको सरुवा गरेको सरकारका एक मन्त्रीले जनकारी दिए ।

सरकारको कामकार्वाहीलाई कामकाजी बनाउन र थप प्रभावकारी बनाउन सचिवहरुको सरुवा गरिएको ति मन्त्रीले बताए । केही सचिवलाई भने ४ महिना नपुग्दै सरकारले फेरि सरुवा गरेको छ । सचिव महेश्वर न्यौपाने र भरतमणी सुवेदी सरुवा भएको ४ महिना नपुग्दै पुनः सरुवा भएका छन् ।

को कहाँ ?

सुरेश अधिकारी : निर्वाचन आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
एकनारायण अर्याल : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा
सूर्यप्रसाद गौतम : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

महेश्वर न्यौपाने : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा
यादवप्रसाद कोइराला : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा
रामप्रसाद थपलिया : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

रमेश सिंह : शहरी विकास मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा (अतिरिक्त समुह)
मणिराम गेलाल : ऊर्जा आयोगबाट शहरी विकास मन्त्रालयमा
गोकर्णमणि दुवाडी : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्वाचन आयोगमा
भरतमणि सुवेदी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा

प्रतिक्रिया