मंगलबार, वैशाख ११, २०८१

‘ए’ डिभिजन : ब्रिगेड ब्वाइज र न्युरोड टिम बराबरीमा

मेरोन्यूज २०७८ मंसिर १३ गते १८:५६

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

योसँगै ब्रिगेडले दुई खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै, एनआरटीको यो पहिलो एक अंक हो । पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतिक्रिया