बिहीबार, चैत १५, २०८०

थप २५९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १३ गते १६:४१

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार६०९ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । यस्तै ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया