शनिबार, वैशाख ८, २०८१

लालबाबु पण्डित एमालेको केन्द्रीय सदस्यमा नबस्ने

मेरोन्यूज २०७८ मंसिर १३ गते १४:३६

काठमाडौँ । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितले सोमबार केन्द्रीय कमिटी सदस्यमा नबस्ने घोषणा गरेका हुन् ।

केन्द्रीय कमिटी सदस्यप्रति असन्तुष्टि जनाउदै उनले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

उनले एमालेको दशै. महाधिवेशनमा पदाधिकारीमा दाबी गर्ने बताएका थिए ।

प्रतिक्रिया