बुधबार, वैशाख १२, २०८१

कांग्रेस प्रदेश अधिवेशन दुई दिन पर सार्ने तयारी

मेरोन्यूज २०७८ मंसिर १३ गते १४:३४

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको हो ।

निर्वाचन समिति सदस्य तेज रावल द्वारा प्रदेश अधिवेशन सरेको पुष्टि गरे ।

यसअघि बनाइएको कार्यतालिकामा मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो।

अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गरिने भएको छ । कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया