बिहीबार, वैशाख १३, २०८१

एमालेको यी पदाधिकारी निर्विरोध निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १३ गते १३:४१

काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा निर्वाचनको तयारी हुँदै गर्दा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरु विजयी भएको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको छ ।

वरिष्ठ उपध्यक्ष कसैको उम्मेदवारी नपरेसँगै पोखरेल निर्विरोध भएका हुन् । यस्तै, महासचिवमा पनि कसैले उम्मेदवारी नदिँदा शंकर पोखरेल निर्विरोध हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी तीन सिट रहेको उपमहासचिवमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना नेताहरूबाहेक कसैले उम्मेदवारी दिएका छैनन् । योसँगै नेताहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुने भएका छन् ।

यता, अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया