शनिबार, वैशाख १५, २०८१

‘भिम रावलमाथि अत्याचार भएपछि उहाँको पक्षमा उभिएको छु’

मेरोन्यूज २०७८ मंसिर १३ गते १३:०२

काठमाडौँ । नेकपा एमालेका नेता तथा उपाध्यक्षका दाबेदार घनश्याम भुसालले आफू भिम रावलको पक्षमा रहेको बताएका छन् । जारी १० औँ महाधिवेशनमा पत्रकारसँग बोल्दै उनले आफू रावलको पक्षमा रहेको बताएका हुन् ।

उनले आफू क्रान्तिको पक्षमा रहेको समेत बताएका छन् । ‘यो प्रक्रियामा म भिम रावलको पक्षमा पहिलेदेखि उभिएको छु, जहिलेदेखि भिम रावलमाथि अत्याचार भएको छ, त्यही बेलादेखि म उहाँको पक्षमा उभिराखेको छु,’ उनले भने ।

यस्तै नेता भुसाल आफू व्यक्तिभन्दा क्रान्तिका पक्षमा रहेको बताए । उनले भने, ‘मलाई व्यक्तिसँग केही मतलब हुँदैन, मेरा सम्बन्धले केही गर्दैन, क्रान्तिको पक्षमा भएकाले ऊ ठीक छ, अप्ठ्यारो–सफ्ठ्यारो जेसुकै होस् मेरो कमिटमेन्ट हो, म समर्थन गर्छु ।’

प्रतिक्रिया