शनिबार, वैशाख ८, २०८१

सुन प्रतितोला रु ९२ हजार

मेरोन्यूज २०७८ मंसिर १३ गते ११:२७

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएकोमा आज प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २२० तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया