बिहीबार, वैशाख १३, २०८१

एमाले महाधिवेशन

यी हुन् ओलीको सूचीमा परेका पूर्व माओवादी नेताहरु (नामसहित)

पदाधिकारीमा ३ सहित २५ जना पूर्व माओवादी नेता ओलीको सूचीमा, आँफुखुसी उम्मेदवार नबन्न प्रतिनिधीलाई पूर्वमाओवादी नेताहरुको निर्देशन

मेरोन्यूज २०७८ मंसिर १३ गते ११:०४

काठमाडौं । माओवादी छोडेर एमालेमा गएका २५ जना नेताले केपी ओलीले एमाले महाधिवेशनमा पेश गरेको ३०१ जनाको केन्द्रीय समिति सदस्यमा स्थान पाएका छन् । पदाधिकारीमा ३ सहित २५ जना नेता केन्द्रीय कमिटिमा परेका हुन् ।

पदाधिकारीमा रामवहादुर थापा (बादल) उपाध्यक्ष, टोपवहादुर रायमझी र लेखराज भट्ट सचिवमा परेका थिए ।

यस अगाडी पनि ओलीले थापा, रायमाझी, भट्ट र मणिचन्द्र थापालाई स्थायी कमिटिको जिम्मेवारीमा ब्यवस्थापन गरेका थिए । बादललाई बागमती प्रदेश इन्चार्ज र महाधिवेशन मूल ब्यवस्थापन समितिको संयोजकको जिम्मेवारी समेत दिएका थिए । भट्टलाई सुदुरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका थिए ।

त्यसवेला माओवादी छोडेर एमालेमा रहेका २३ जना लाई केन्द्रीय कमिटिमा समेटेका थिए । पछि प्रभु साहसागको छुट्टै सहमतिका आधारमा ओलीले थप २ जनालाई पनि केन्द्रीय कमिटिमा समेटेका थिए । त्यसो गर्दा २५ जना नै केन्द्रीय कमिटिमा थिए ।

ऋहिले महाधिवशेनमा ओलीले पदाधिकारी देखि केन्द्रीय सदस्यसम्म आफैले छान्ने गरी प्राधिकार लिएपछि उनले वन्दशत्र हलमा प्रस्तुत गरेको नामावलीमा पनि २५ जना नै नेताहरु केन्द्रीय कमिटिमा परेको पूर्व माओवादी समुहका एक नेताले भने ।

एमालेमा ओलीलाई वरिष्ठ उपाध्यक्ष र महासचिव मिलाउन मुश्किल परिरहँदा माओवादी नेताहरु भने मौन बसिरहेका थिए । ओलीलाई उनीहरुले साथ दिईरहेका थिए ।

ऋोलीले पनि पूर्व माओवादी समुहका नेताहरुको आफैलाई सधै साथ र समर्थन रहने देखेपछि अहिले महाधिवेशनवाट पनि २५ जना नेतालाई केन्द्रीय कमिटिमा समेटेृर ल्याएका छन् ।

एमाले केन्द्रीय कमिटिमा ओलीको सूचिमा परेका यी हुन् पूर्व माओवादी नेता

रामवहादुर थापा (बादल) उपाध्यक्ष
टोपबहादुर रायमाझी, सचिव
लेखराज भट्ट, सचिव
मणिचन्द्र थापा,
प्रभु साह
कमल चौलागार्इ
मनोज थापा
गिरीधारी लाल न्यौपाने,
चन्द्र वहादुर खड्का,
दधिराम न्यौपाने
श्रीप्रसाद जगेबु
बालकृष्ण ढु‌गेल
निरु दर्लामी
टेकबहादुर बलपाकी
दावा लामा
लीलबहादुर थापा
कुन्दन कुसवाह,
रामलाल साह
ज्वालाकुमारी साह,
गौरीशंकर थारु
टंक आङबुहाङ
नवीन रोका
दिनेश पन्थी
धर्मराज रेग्मी
झपड बोहोरा

पहिले माओवादीमै रहेपनि नयाँ शक्ति हुँदै एमाले माओवादीको भत्किएको एकता प्रक्रिया भन्दा अगाडी नै एमाले प्रवेश गरीका
लीलाकुमारी भण्डारी पनि केपी ओलीले पेश गरेको केन्द्रीय कमिटिमा परेका छन् ।

ओलीले प्रस्ताव गरेको यो नामावलीमा चित्त नवुझाएर र प्रक्रिया प्रति नै प्रश्न उठाएर भीम रावल, घनश्याम भुसालले चुनाव नै लड्ने अडान लिएपछि एमालेमा अध्यक्ष सहितका पदमा चुनाव हुँदैछ । रामवहादुर थापासहित ६ उपाध्यक्ष रहेको पदमा उपाध्यषमा ब्यवस्थापन हुन नसकेका घनश्याम भुसालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै टोपवहादुर रायमाझी र लेखराज भट्टको सचिव रहेको पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसले यी तीनै पदमा पनि चुनाव हुने देखिएको छ ।

पूर्व माओवादी समुहका नेताहरुलाई अहिले ओलीले प्रस्ताव गरेको नामावलीमा परेका वाहेक अन्यलाई उम्मेदवारी दर्ता नगराउन पूर्व माओवादी नेताहरुले आग्रह गरेका छन् ।


‘अहिले जे जति ब्यवस्थापन हुन्छ, ओलीको सूचीमा परेकाहरुले मात्र तत् पदमा उम्मेदवारी दर्ता गराउनु , अन्य साथीहरुले अहिले कुनै उम्मेदवारी दर्ता नगराउनु,’ पूर्व माओवादीका महाधिवेशन प्रतिनिधीहरुलाई नेताहरुले निर्देशन गरेको एक पूर्व माओवादीका महाधिवेशन प्रतिनिधीले बताए । नपरेका र नपरी नहुने भएकालाई ओलीले केन्द्रीय कमिटिको मनोनितमा पनि ब्यवस्थापन गर्ने आश्वासन दिएको भन्दै नेताहरुले अहिले कसैलाई पनि आफुखुसी उम्मेदवार नवन्न निर्देशन गरेका छन् ।

प्रतिक्रिया