शुक्रबार, वैशाख ७, २०८१

सर्लाहीमा एकै परिवारका तीन जना मृत भेटिए

मेरोन्यूज २०७८ मंसिर १२ गते २१:१५

काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको छ । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।

प्रतिक्रिया