बिहीबार, वैशाख १३, २०८१

ओमिक्रोन भेरियन्ट फैलिएका देशबाट स्वदेश प्रवेशमा रोक्ने सरकारको निर्णय

मेरोन्यूज २०७८ मंसिर १२ गते २०:१२

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै सरकारले दक्षिण अफ्रिकी मुलुकबाट आएका नागरिकलाई अर्को व्यवस्था नहुँदासम्म नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

आज बसेको बैठकमा गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासनलाई कोरोनाको नयाँ भेरियन्ट फैलिएका देशबाट आएका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयन गर्न अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशहरूमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

प्रतिक्रिया