बिहीबार, वैशाख १३, २०८१

गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १२ गते १८:१८

काठमाडौँ । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । १६८ जनामा गरिएको नमुना परीक्षणमध्ये २२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामध्ये सबैभन्दा बढी कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज कास्की १७, स्याङ्जा ३ र नवलपरासी पूर्वका १ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, आज गण्डकी प्रदेशमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका १ का ४३ वर्षीय पुरुष रहेका छन् ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया