मंगलबार, चैत ६, २०८०

डडेलधुरामा फेरि अधिवेशन हुनुपर्छ : शेखर कोइराला

मेरोन्यूज २०७८ मंसिर १२ गते १७:५०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले डडेलधुरामा पुन अधिवेशन हुनु्पर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा १२ दिनदेखि अनसनरत नेता कार्यकतालाई भेटेर डा. कोइरालाले डडेलधुरामा पुन अधिवेशन हुनुपर्ने बताएका हुन् । उनले यस्ता प्रकारको अबैधानिक अधिबेशनलाई निर्वाचन समितिले बदर गर्नुपर्ने र यथाशीघ्र बैधानिक अधिबेशनको मिति तय गरिनुपर्ने बताउदै निर्बाचन समितिलाई यथाशिघ्र निर्णय गर्न सचेत गराए ।


उनले भने,‘कांग्रेसको बिधानमा जिल्ला सभापति र सिँगो जिल्ला कार्यसमितिलाई बाहिर राखेर अधिबेशन गर्ने कुराको कल्पना समेत गरेको छैन् ,यस्ता अबैधानिक अधिवेशन देख्दा देख्दै निर्बाचन समिति अन्धो भएर बस्न मिल्दैन,तत्काल लोकतन्त्रिक मुल्य रमान्यता नेपाली कांग्रेसको बिधान र प्रक्रिया अनुरुप अधिवेशन गर्नका लागि मिति तय गरिनुपर्छ । ’


सानेपा कांग्रेस केन्द्रीय कार्यालयमा रहेको निर्बाचन समितिको कार्यालयमा पुगेर समितिका संयोजक,सदस्यहरुलाई भेटेर निर्वाचन समितिले यस्तो किसिमको गम्भीर समस्याको न्यायपुर्ण निकास दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया