शुक्रबार, चैत १६, २०८०

बाजुरामा जिप दुर्घटनामा घाइते सह–चालकको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १२ गते १७:३४


कैलाली । बाजुरामा जिप दुर्घटनामा परेका सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका – १ का २४ वर्षीय भीम बहादुर दानी रहेका छन् ।


दुर्घटनामा परेका घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आइतबार बिहान ५ बजे दुर्घटना भएको थियो ।

जिपमा सवार सह–चालकको टाउको, ढाडमा गम्भीर चोट लागेको थियो ।जिप सडक देखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको बताएको छ ।

Advertisement

प्रतिक्रिया