बिहीबार, चैत १५, २०८०

कांग्रेस झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १२ गते १७:२१

काठमाडौं । नेपाली कांग्रेसको झापा जिल्ला सभापति देउकुमार थेवे निर्वाचित भएका छन् । उनले निवर्तमान जिल्ला उपसभापति रामबहादुर कट्टेलाई पराजित गरेका हुन् ।

सभापति निवार्चित थेवेले १,७६५ मत प्राप्त गरे भने , कट्टेलले १,५१५ मत प्राप्त गरे । थेवे कृष्णप्रसाद सिटौलाको समर्थनमा जिल्ला सभापति बनेका हुन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकट कट्टेल पराजित भए ।

थेवे प्यानल नै विजयी भएको छ । उपसभापति मा सिटौला समूहबाट केशव राज पाण्डेले १,८८९ मत प्राप्त गर्दै विजयी भए । यस्तै, सिटौला समूहबाटै १,६७४ मत ल्याउँदै शेरबहादुर भट्टराई विजयी भए ।

सचिवमा समूहका नवीन विमलि र कृष्ण हुमागाई विजयी भए । सहसचिवमा कमल प्रसाद भण्डारी र कालेन्द्र प्रसाद सिंह राजबंशी विजयी भएका छन्

Advertisement

प्रतिक्रिया