शनिबार, वैशाख ८, २०८१

कांग्रेसको कञ्चनपुर सभापतिमा रमेश लेखक निकट बोगटी निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १२ गते १६:२५

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । उनले सभापतिका अर्का उमेदवार बहादुर थापालाई पराजित गरेका हुन् ।

उनी रमेश लेखक निकट मानिन्छन् । केहीबेरअघि प्राप्त अन्तिम नतिजाअनुसार कुल खसेको एक हजार ५७१ मतमध्ये बोगटीले ८०६ मत प्राप्त गरे । यस्तै, थापाले भने ७१५ मत प्राप्त गरे । थापा एनपी साउँद निकट मानिन्छन् ।


उपसभापतिमा मिनबहादुर सिंह ७८६ मत, ७६३ मतका साथ हरिचन्द्र राना विजयी भएका छन् ।


सचिवमा भमराज भट्ट ७२८ र हेमराज ओझा ६९४ मत ल्याउँदै विजयी भए । सह सचिवमा नाफुसिह साउद ७२६ र पुष्कल चौधरी ६७४ मत प्राप्त गर्दै विजयी भए ।

प्रतिक्रिया