शुक्रबार, चैत १६, २०८०

थप १५८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १२ गते १५:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५८ जना कोभिड संक्रमित थपिएका छन् ।

८ हजार ९१८ वटा नमुनाको परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया