बिहीबार, वैशाख १३, २०८१

दार्चुलामा ढुङ्गा लागेर शिक्षिकाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १२ गते १५:०३


कैलाली । दार्चुलामा ढुङ्गा लागेर एक शिक्षिकाको मृत्यु भएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर घर भई शिद्धनाथ आबि घाजिरमा कार्यरत बालबिकास सहजकर्ता शिक्षिका दमयन्ती मन्यालको ३६ वर्षको उमेरमा मृत्यु भएको छ ।


थुमनि खन्ने बेला माथिबाट ढुङ्गा खरेर लागेर घाइते भएकी मन्यालको घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको स्थानीय शिक्षक गजेन्द्रसिंह धामीले जानकारी दिए । मृतक मन्यालका तीन छोरा रहेका छन् ।

प्रतिक्रिया