बिहीबार, वैशाख १३, २०८१

सुनको भाउ २ सय रुपैँयाले बढ्यो

मेरोन्यूज २०७८ मंसिर १२ गते १४:४५

काठमाडौं । सुनको मुल्य २ सय रुपैँयाले बढेको छ । आज सुनको मुल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया