शुक्रबार, चैत १६, २०८०

कपिलवस्तुमा रोकिएन हैजा,थप एकको मृत्यु

मृतकको संख्याको ७ पुग्यो

मेरोन्यूज २०७८ मंसिर १२ गते १४:१४

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका ६ महुवाका १३ वर्षीया बालिका सिर्जना यादव रहेकी स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

ति बालिकाको एन्टिजिन परीक्षणमा हैजा देखिएको थियो । असोज १८ गते हालसम्म हैजाको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।


स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा ति बालिकाको मृत्यु भएको बताए।
कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका जानकारी दिए ।

Advertisement

प्रतिक्रिया